सोमवार, श्रावण २५ गते २०८३

जेनजीका प्रतिनिधिहरूले भने– अक्टोबर ८ र ९ मा सडकमा जाने कुनै कार्यक्रम छैन

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । जेनजीका केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा जेनजी पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रस्ट पारेका छन् ।

मंगलबार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

 ‘अक्टोबर ८ र ९ सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने योजना छैन, हामी देशमा रक्तपातमा चाहँदैनौँ, जेनजी अगुवा ओजस्वी थापाले भने, ‘घरमा बसेका राजनीतिक दलहरूलाई आग्रह गर्छौ-सरकारलाई कानुन कार्यान्वयन गर्न दिनुस् ।’

उनले सरकार र प्रहरी प्रशासन लगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउन आग्रह गरे । अर्का जेनजी प्रतिनिधिजेम्स कार्कीले जेनजीले न्याय नपाएसम्म आन्दोलन नरोक्ने तर त्यो आन्दोलन शान्तिपूर्ण, अर्थपूर्ण हुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार