सोमवार, श्रावण २५ गते २०८३

टेकु दोभानमा युवतीको शव फेला

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।

काभ्रे स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार