सोमवार, श्रावण २५ गते २०८३

दोलखाको बिगुमा पहिरो गएपछि अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । दोलाखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए । उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गएपछि अलपत्र परेका हुन् ।

उनीहरुलाई आज (बिहीबार) बिहान करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) लामाबगरबाट खटिएको सुरक्षा फौंज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौंतर्फ पठाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार