मंगलवार, आश्विन १३ गते २०८३

विपिनको अवस्था अज्ञात : न जीवित २० जनामा न मृतक २६ को सूचीमा छैन विपिनको नाम

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौँ । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ।  किनकि अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा पनि उल्लेख छ। 

तर .विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। यसैबीच सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति अज्ञात भनिएको छ।

सीएनएनका अनुसार इजरायली सरकारले ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको बताएको छ भने नेपाली नागरिक विपिन जोशी र इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात भनेको छ।  यस्तै २० जीवितको सूचीमा पनि विपिनको नाम छैन। 

mrit-26_ojVeqFpI0b.jpgjibit-20_3qHx3xCQdA.jpg

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार