सोमवार, श्रावण २५ गते २०८३

काठमाडौंको टोखामा फलामको रड प्रहारबाट १ जनाको हत्या

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । काठमाडैंको टोखामा एक जनाको हत्या भएको छ ।

टोखा नगरपालिका–२ चण्डेश्वरी बस्दै आएका पाँचथरका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ ।  फलामको रड प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले लिम्बुको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । टोखा बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति नै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले विवादको क्रममा फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार