सोमवार, श्रावण २५ गते २०८३

टीओबी समूह पेस्तोल बोकेर आन्दोलनमा गएको तस्वीर सार्वजनिक भएपछि अनुसन्धान सुरु

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उक्त तस्वीरमा देखिएजस्तै ती व्यक्तिले साच्चै पेस्तोल बोकेका हुन्/होइनन् यकिन भएको छैन् । तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन् । यद्यपी यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताएका छन् । ‘पेस्तोल बोकेको हुन्हो/इनन् अहिले यकिन भइसकेको छैन् । यद्यपी, यसबारे हामीले आन्तरिक रूपमा बुझ्ने र अनुसन्धान गर्ने काम गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने ।

टीओबीलगायत सबै समूह व्यक्तिका अराजक गतिविधि, आगजनी, तोडफोडलगायतका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार