सोमवार, श्रावण २५ गते २०८३

रौतहटस्थित गौरमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । रौतहट सदरमुकाम गौरमा बाढीको पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।

बागमती र लाल बकैया नदीमा गत साता आएको बाढीको पानीले निकास नपाएर नेपाल–भारत सीमाको दशगजा क्षेत्र डुबानमा परेको छ । सदरमुकाम गौर नगरपालिका १ स्थित नेपाल–भारत सीमा क्षेत्रमा जमेको पानीमा तैरिँदा राजदेवी नगरपालिका वडा नम्बर ८ की १५ वर्षीया रागनी यादव, १३ वर्षीया आस्था कुमारी बैठा र १५ वर्षीया मौसमी बैठाको पानीमा डुबेर मृत्यु भएको हो ।

सोमबार बिहान सात जना बालबालिका गाउँबाट घाँस लिन गएका थिए । घाँस लिएर फर्कने क्रममा सातै जना पानीमा डुबेका थिए । स्थानीय र प्रहरीको सहयोगमा चार जना सकुशल निस्कन सफल भए पनि तीन जनाको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार