काठमाडौँ । वीरगञ्जबाट दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले वीरगञ्ज महानगर(८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा भन्सार छली गरी लुकाएर राखेको सुन र चाँदी सोमबार बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जानकारी दिए।
‘भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो’, उनले भने, ‘संयुक्त टोलीद्वारा सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगी मापन गर्दा सुन दुई हजार २५४।८६ ग्राम र चाँदी १० हजार ३५४।०७ ग्राम फेला परेको छ।’
सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप ५५९।१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ। त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ।