सोमवार, श्रावण २५ गते २०८३

जेनजी आन्दोलनमा दाङ अदालत जोगाएकी सहायक हवल्दार संगीताको विशेष बढुवा

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङमा सम्भावित आगजनी र तोडफोड हुनबाट जोगाएकी प्रहरी सहायक हवल्दार संगीता अधिकारीलाई एक तह बढुवा गरिएको छ ।

७०औँ प्रहरी दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालयले संगिता अधिकारीको विशेष योगदानको कदर गर्दै उनलाई सम्मानस्वरूप विशेष बढुवा गरेको हो । उनलाई प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते प्रहरी तथा सर्वसाधारणको उद्धारमा सक्रिय भूमिका निर्वाह गरेका काठमाडौँ महाराजगञ्ज प्रहरी वृत्तका असई हेमबहादुर विकलाई पनि एक तह बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार