सोमवार, श्रावण २५ गते २०८३

अधिकांश भूभागमा आज मौसम सफा रहने

सोमवार , कार्तिक ३, २०८२

काठमाडौँ । यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर भने रहनेछ।

सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक-दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने छ। साथै, उच्च हिमाली भूभागका केही भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ।

सोमबार देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक-दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार