सोमवार, श्रावण २५ गते २०८३

रुकुमपश्चिममा जीप दुर्घटना: ७ जनाको मृत्यु, १० घाइते

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले आफू घटनास्थल पुग्दै गरेको तर त्यहाँ पहिले पुगेको स्थानीय प्रहरीले ७ जनाको शव बाटोमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको सूचना दिएको बताए ।

मृतकको पहिचान भने भइसकेको छैन र सबै विवरण आउन बाँकी रहेको छ । उनका अनुसार जिपमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार