आइतवार, श्रावण २४ गते २०८३

छठको दोस्रो दिन आज खरना गरिँदै

आइतवार , कार्तिक ९, २०८२

काठमाडौँ । छठ पर्वको दोस्रो दिन आज खरना गरिँदैछ । छठको पहिलो दिन मंगलवार नहाय–खाय सम्पन्न गरेका बर्तालुले बुधवार अर्थात् कात्तिक शुक्ल पञ्चमी तिथिका दिन खरनाको तयारीमा छन् ।

स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई खरना भनिन्छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अरु सदस्यले प्रसादको रूपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन बिहीवार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनछन् । यसलाई मिथिलामा सझुका अर्घ वा सझियाघाट भनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार