काठमाडौँ । सर्वोच्च अदालतमा जेन्जी आन्दोलनपछि पहिलोपटक रिट निवेदनमाथि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले तिहार अघि दर्ता गराएको राजदूत फिर्ताविरुद्ध दायर भएका रिटमाथि आजदेखि र मंगलबारदेखि रिट निवेदनमाथि सुनुवाइ सुरु गर्न लागेको बताइएको छ ।
कात्तिक २ मा दर्ता भएका राजदूत फिर्ताको निर्णयविरुद्ध दायर भएका तीनवटा रिटहरुको सुनुवाई आइतवारलाई तय गरिएको छ ।
अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेल लगायतका कानुन व्यवसायहिरुले सरकारको असोज ३० गतेको निर्णयलाई चुनौति दिंदै राजदूत फिर्ता विरुद्धको रिट निवेदन दायर गरेका हुन् ।