सोमवार, श्रावण २५ गते २०८३

आँबुखैरेनी-मुग्लिन सडक आज दुई घण्टा बन्द हुने

सोमवार , कार्तिक १०, २०८२

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ बजेदेखि २ बजेसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिए । गएको असोज १८ गते सडक भासिएको त्यो खण्ड अहिले एकतर्फी रूपमा सञ्चालनमा छ ।

यसअघि २०७९ साल जेठ २७ गते त्यही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । त्यो ठाउँमा फेरि सडक भासिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार