आइतवार, श्रावण २४ गते २०८३

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ पर्व

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ । तीन दिन अघि शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो ।

काठमाडौँ उपत्यकाको कमलपोखरी लगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको हो । हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरु आफूले चढाएका प्रसादहरु बोकेर घर फर्किन्छन । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरुलाई पनि प्रसाद दिने चलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार