सोमवार, श्रावण २५ गते २०८३

जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका युवक पक्राउ

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका बेला ललितपुरस्थित नक्खु कारागारबाट भागेका थप एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २४ गते नक्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका २० वर्षीय युनिक लामालाई सोमबार काठमाडौँको गुह्येश्वरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनलाई नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार