गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाण्डुको लागि छुटेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन बस र सोही बसमा जनकपुरबाट काठमाडौँको लागि छुटेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष बस अर्को बस समेत ठोक्किएको थियो ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।
घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।