आइतवार, श्रावण २४ गते २०८३

लेदो र ढुंगा खस्दा बीपी राजमार्ग अवरुद्ध

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौँ । निरन्तरको वर्षापछि लेदो र ढुंगा खस्दा बीपी राजमार्गको काभ्रे सडकखण्ड अवरुद्ध भएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेंसी, रोशी गाउँपालिका–११ डालाबेंसी, रोशी गाउँपालिका–९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुवैतर्फ अवरुद्ध भएको हो ।

राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन विष्टले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार