आइतवार, श्रावण २४ गते २०८३

 काठमाडौँका अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली अल्टिमेटम

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिने अल्टिमेटम जारी गरेका छन्।

महानगरपालिका र प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकका अनुसार शुक्रबार सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिने निर्णय गरेको हो।

महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी समेत सूचनामार्फत दिइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार