काठमाडौँ । नेपालमा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब भने नेपालमा पश्चिमी वायुको मात्र प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबीच पश्चिमी वायुको प्रभावले आज देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले आज जारी गरेको बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको मात्र प्रभाव छ। यसअघि शनिबार रातिसम्म नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव पनि परिरहेको थियो। त्यसअघि शुक्रबार रातिसम्म बंगालको खाडीमा विकसित चक्रवात मोन्थाको समेत असर थियो। जसले गर्दा गत बुधबार रातिदेखि लगातार वर्षा भइरहेको थियो।