काठमाडौं । सडक विभागले निर्माणधिक अवस्थामा रहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा अबको दुई महिनासम्म सडक एकतर्फी हुने जनाएको छ ।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले आज सूचना जारी गर्दै विगत केही दिनयता भएको वर्षातको कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भइरहेको पनि जनाएको छ ।
आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना देखिएको भन्दै निर्देशनालयले कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना (२०८२ पौष १५ सम्म) यो सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी लिन पनि यात्रुहरुलाई अनुरोध छ ।
साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा बैकल्पिक सडकहरुको प्रयोग गर्न सकिने भन्दै निर्देशनालयले वैकल्पिक सडकको विषयमा पनि जानकारी दिएको छ ।
सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिनको लागि फोन नम्बरहरू (जिल्ला ट्राफिक) ९८५७०८७२२२, (दुम्कीबास प्रहरी) ९८५७०४०९२७, (आयोजनाको सूचना अधिकारी) ९८५५०२७८२०/९८५७०८२३४०, (परामर्शदाताको इन्जिनियर) ९८६९७९३१२९/९८६०४४१२२९ , (निर्माण व्यवसायीको इन्जिनियर) ९८१९८८४४१६/९८४१६००९२३ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।