आइतवार, श्रावण २४ गते २०८३

न्यान खोज्दै प्रहरीकहाँ पुगे सर्वोच्च र जिल्ला अदालत

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ  सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाण्डुमा जाहेरी दिएका छन् । गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न मंगलबार कसैको नाम किटान नगरि जाहेरी दिइएको हो ।

अदालतले २४ गते भएको क्षति विवरणसहित संलग्नमाथि कानूनी कारबाहीको मागसहित जाहेरी दिएका हुन् । सर्वोच्चलगायत देशका विभिन्न अदालतमा आन्दोलनको मौका पारेर भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो ।

काठमाडौँ  जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार