आइतवार, श्रावण २४ गते २०८३

काठमाडौँ १९ ठाउँमा अब निःशुल्क वाइफाइ

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ ।  काठमाडौँका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा निःशुल्क वाइफाइ सेवा सुरु भएको हो । ती स्थानमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १ सय ५० एमबीपीएस पु¥याएको छ । प्रत्येक डिभाइसका लागि ५ सय एमबी इन्टरनेट उपलब्ध हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

यस्तै नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत ठाउँमा नयाँ वाइफाइ जडान र क्षमता विस्तार भएको छ । नेपाल टेलिकम, वर्ल्ड लिङ्क र भायनेटले यसका लागि सहकार्य गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कार्यभार सम्हाले लगत्तै पहिलो निर्णय दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार