आइतवार, श्रावण २४ गते २०८३

नवनियुक्त आईजीपी कार्कीले लगाए फुली

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको फुली लगाइदिएका हुन् ।

आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका थिए । खापुङ अनिवार्य अवकाशमा जानेभएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

केही बेरमा उनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पदबहाली गर्दै छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार