आइतवार, श्रावण २४ गते २०८३

जेन–जी आन्दोलनमा क्षति भएका ४६५ प्रहरी बिट मध्ये ४४८ वटा सञ्चालनमा आए

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ प्रहरी बिट मध्ये ४४८ सञ्चालनमा आइसकेको बताएका छन् ।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराएका हुन् ।

सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको भन्दै उनले अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार