काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले कप्तान शुभमन गिल अब कोलकातामा जारी दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा सहभागी नहुने बताएको छ।
बीसीसीआईका अनुसार, दक्षिण अफ्रिकाविरुद्ध कोलकातामा जारी टेस्टको दोस्रो दिन कप्तान शुभमन गिलको घाँटीमा चोट लागेको थियो।
त्यसपछि उनलाई कोलकातास्थित वुडल्यान्ड्स अस्पताल भर्ना गरिएको छ। अहिले पनि उनी उपचारमै छन्। सोही कारण उनी अब तेस्रो दिन आज (आइतबार) हुने खेलमा सहभागी हुने छैनन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्डले सामाजिक सञ्जाल भनेको छ, ‘उनी हाल अस्पतालमा निगरानीमा छन्। उनले अब टेस्ट खेलमा भाग लिने छैनन्। बीसीसीआई मेडिकल टोलीले उनलाई निरन्तर निगरानी गर्नेछ।’