आइतवार, श्रावण २४ गते २०८३

प्रहरीले भन्यो- बहुमूल्य गहरगहना लगाएर पशुपति क्षेत्रमा नजानु

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ ।

पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।

त्रयोदशीको बेलुकीदेखि पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहानै पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

बाला चतुर्दशी मेलाका कारण आज दिउँसो गौशाला क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने सम्भावना रहेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसअनुसार पार्किङ र डाइभर्सनस्थल तय गरिएको छ । सिनामंगल, रातोपुल, कालोपुल र चाबहिलबाट गौशालातर्फ जाने सडकलाई सम्भावित डाइभर्सनस्थल तय गरिएको हो । तीर्थालुको भिड बढ्नेबित्तिकै ती स्थानबाट गौशाला जाने बाटो बन्द गरिने छ । तीर्थालुका निम्ति सिफल चौर, बनकाली र तिलगंगामा पार्किङको व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार