आइतवार, श्रावण २४ गते २०८३

सुर्खेतस्थित वीरेन्द्रनगरको काँक्रेविहार जङ्गलमा युवायुवती मृत भेटिए

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार आज बिहान करिब ११ः २० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार जङ्गलको रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । उनीहरूको पहिचान भने खुल्न सकेको छैन् । मृतक युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ ।

उनीहरूको नाम, थर र ठेगाना भने हालसम्म खुल्न नसकेको शाहीले बताएका छन् । घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ ।

घटनास्थल इलाका प्रहरी बिट लाटिकोइलीबाट करिब २ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट करिब ५ किलोमिटर दक्षिण–पूर्वमा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार