मंगलबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यता, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ५ : ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो।
सोमबार उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।