बुधबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हाल काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५ : ४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ । मंगलबार सोही समयमा तापक्रम ७ डिग्री सेल्सियस थियो।