काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ ।
निर्वाचन आयोगले यसअघि जारी गरेको सूचनाअनुसार आज अर्थात् मंसिर १० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता भइसक्नुपर्ने भएको हो ।
एक दिन बाँकी रहँदासम्म नेपाली काँग्रेस र नेकपा एमालेसहित ८४ वटा दलहरू दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूबारे मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत नामावली प्रकाशन गर्नेछ।