शुक्रवार, आश्विन १६ गते २०८३

एउटै प्रधानमन्त्रीले सारा विश्वविद्यालयको डोकोभरी भारी बोकेर हिँड्न सक्दैन : प्रधानमन्त्री कार्की

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको सभामा प्रधानमन्त्री कार्कीले एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताइन् । उनले भनिन्, ‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न सकिँदैन् । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ ।, विज्ञमार्फत नै कुलपति चयन गर्नु उपयुक्त हुने धारणा प्रधानमन्त्री कार्कीको छ ।

उनले भनिन्, ‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमाफर्त होस्, सभाले खोजोस्, पोलिटिकल कारणले कहिले सभा नहुने । यो कारण भएन । विश्वविद्यालयले आफ्नको कार्यक्रम आफैं बनाउन पाउनु पर्छ । आफैं आर्जन गर्नुपर्छ । तर सरकारले हेर्नुपर्छ, अनुदानमा सरकारले मद्यत गर्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको लागि मात्र सरकारमा गएको पनि बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार