काठमाडौँ । जेजनी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापासँग बयान लिएको छ । थापासँग बयान बुधबार साँझ लिइएको हो ।
मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए । गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ ।