काठमाडौँ । २४ भदौको प्रदर्शनमा क्रममा काठमाडौंको चुच्चेपाटी,सुनसरी र मोरङस्थित भाटभटेनीमा जलेका १२ शवको अझै पहिचान हुन सकेको छैन ।
प्रहरीका अनुसार प्रदर्शनमा क्रममा जलेको भाटभटेनीका स्टोर सरसफाइ गर्ने क्रममा यी शवहरु भेटिएका थिए । भेटिएका शव पूर्ण रूपमा जलेकाले तिनीहरुको लिंगसमेत पहिचान भएन ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार भेटिएका शवहरु पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । कंकालबाट डिएनए निकाल्ने प्रविधि युरोपका देशहरुमा हुनसक्ने कुरा आएपछि त्यसमा पनि छलफल भइरहेको उनले बताए।