आइतवार, श्रावण २४ गते २०८३

माइतीघर मण्डलामा सरकारविरूद्ध जेनजी युवाहरूको प्रदर्शन

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले ‘सुशीलाको पाराले, दुःख पाए साराले, सम्पूर्ण जेनजी पुस्ता एक हौं, जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी, ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट जीउमा टाँसेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार