काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलपफल गर्ने भएका छन् ।
चुनावअघि नियमित वा विशेष महाधिवेशनका विषयमा सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल गर्न लागेका हुन् । बैठकका लागि शुक्रबार दिउँसो १ बजे को लागि समय तय गरिएको छ । सभापति देउवासँग हिजो साँझ पनि तीन नेताले छलफल गरेका थिए ।
बिहीबारको बैठकमा महाधिवेशनमा सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ । महाधिवेशन चुनावअघि वा पछि गर्नेमा कांग्रेसमा विवाद छ ।
अर्कोतर्फ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागको आधारमा विशेष महाधिवेशन गर्नुपर्ने लिखित प्रस्ताव गरिएको छ ।