शुक्रवार, आश्विन १६ गते २०८३

केन्द्रबाट पैसा पठाएका थिएनौं, मान्छे नआउने चिन्ता थियो : प्रचण्ड

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । सुदूरपश्चिको धनगढीमा शुक्रबार नेपाली कम्युनिस्ट पार्टीले सन्देश सभा आयोजना गरेको छ । सातवटै प्रदेशमा सन्देश सभा गर्ने सो पार्टीले बताएको छ ।

जस अनुसार, आज पहिलोपटक धनगढीमा सन्देश सभा आयोजना भएको हो । उक्त सभामा सम्बोधन गर्ने क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताएका छन् । यसअघि आज जस्ता सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकिएको प्रचण्डको भनाइ छ ।

उनले भने, ‘आज हामीलाई कता कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्न अलि ठूलै रकम खर्च गर्नुपरेको थियो तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौं ।’ बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्युन हुने हो कि भन्ने चिन्ता अहिले पनि रहेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले भने, ‘अर्कोतिर सुरक्षा व्यवस्था एक दुई दिन अघिमात्रै पनि धनगढीमा कतिपय पार्टीका कार्यक्रममा व्यवधान आएका कुरा हामीले सोसियल मिडियाबाट हेरिरहेका थियौं, सुरक्षा व्यवस्था के होला भन्ने पनि हाम्रो मनमा प्रश्न थियो । तर यहाँका नेता कार्यकर्ताले ती सबै प्रश्नको बलियो उत्तर दिनुभयो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार