शुक्रवार, आश्विन १६ गते २०८३

जेनजी आन्दोलनलाई संस्थागत गर्न सोमबार लिखित सम्झौता हुने

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । जेनजी आन्दोलनकारी र सरकारबीच आन्दोलनका उपलब्धि संस्थागत गर्ने विषयमा लिखित सम्झौता हुने भएको छ । जेनजीले प्रस्तुत गरेको सम्झौताको प्रस्तावलाई अन्तिम रूप दिएर सोमबार हस्ताक्षरको तयारी गरिएको हो ।

आज जेनजी प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो । छलफलमा सहभागी कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार सोमबारसम्ममा मस्यौदालाई अन्तिमरुप दिने वचन प्रधानमन्त्रीले दिएकी छन् ।

गत कात्तिक २८ गते जेनजीका केही समूहहरू एक ठाउँमा आएर साझा मस्यौदा बनाएका थिए । उक्त मस्यौदा सरकारलाई बुझाइएको थियो ।

मस्यौदामा आन्दोलनका सहिद र घाइते परिवारसँग समन्वय गरेर अन्तरिम राहत र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सुनिश्चित गर्ने, जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेका थुनुवालाई तत्काल थुनामुक्त गर्ने, प्रवासी नेपालीको मताधिकार सुनिश्चितता लागि पूर्वाधार विकास गर्ने, दलीय भागबण्डाका आधारमा गरिने नियुक्तिको अन्त्य गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको सम्बन्धमा देशभर बृहत् नागरिक भेला गर्ने लगायत एजेन्डा छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार