आइतवार, श्रावण २४ गते २०८३

कस्तो रहला आजको मौसम ?

आइतवार , मंसिर १४, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने दिउँसो देशभर आंशिक बदली रहने छ । रति पनि यही क्रम जारी रहने महाशाखाले जनाएको छ ।

सोमबार भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहने छ ।

यता, शनिबारको तुलनामा काठमाडौँ  उपत्यकाको न्यूनतम तापक्रम आइतबार केही घटेको छ। महाशाखाका अनुसार बिहान पौने ५ बजे तापक्रम ६.६ डिग्री सेल्सियसमा झरेको हो। शनिबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार