कांग्रेसका एक पदाधिकारीका अनुसार नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषय आज टुंग्याउने तयारी छ। आज पनि सभापति देउवासँगको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डा. शेखर कोइराला र रमेश लेखक सहभागी हुनेछन्।