सोमवार, श्रावण २५ गते २०८३

कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट कोरोनाको खोप आउने निश्चित

बुधवार , आषाढ २३, २०७८

काठमाडौं । नेपालमा अमेरिकामा बनेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप आउने निश्चित भएको छ । कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप आउने पक्का भएको छ ।

खोप आउने निश्चित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप आयात अनुमति सिफारिस गर्नको लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरिसकेको जनाएको छ । 

समाचारमा १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउने निश्चित भएको जनाइएको छ । जोन्सनको यो खोप एक डोज मात्रै लगाउँदा हुन्छ । चाइनिज खोज भेरोसेल र इन्डियन कोभिसिल्ड जस्तो दुई डोज लगाइरहनु पर्दैन।

यसअघि अमेरिकी राष्ट्रपति जोन वाइडेनले कोरोनाविरुद्धको खोप दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सन खोप आउन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार