काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहका बुवाको निधन भएको छ । बालेनका बुवा राम नारायण शाहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको हो ।
आइतबा बेहोसी अवस्थामा निजामती कर्मचारी (सिभिल) अस्पताल लगिएका उनको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकाअनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन् ।
रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको पनि चिकित्सकले जानकारी दिएका छन् । रामनारायण आयुर्वेदिन चिकित्सक हुन् ।
उनी २०५८ सालदेखि ०६३ सालसम्म सिंहदरबार बैद्यनाखाका प्रवन्ध निर्देशक थिए ।