आइतवार, श्रावण २४ गते २०८३

आन्दोलनमा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्रका एक डीएसपीलाई कारबाही सिफारिस

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीलाई कारबाही सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको हो । सशस्त्र हेडक्वाटर स्रोतले विभागीय कारबाहीका लागि सिफारिस भएको पुष्टि गरेको छ । स्रोतले भन्यो, ‘आफू मातहतको हातहतियार र कार्यालयको सुरक्षा गर्न नसकेको देखिएपछि विभागीय कारबाहीका लागि सिफारिस भएको हो ।’

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका बेला उनी बानेश्वरको सुरक्षा बेस इन्चार्ज थिए । उनको कार्यालयमा रहेका १४ थान एसएलआर हतियार प्रदर्शनकारीले जलाएको आरोप छ । अन्यत्र भने सशस्त्रको कतै क्षति नभएकाले अन्य केही कमान्डर पनि कारबाहीको सिफारिसमा परेका छन् ।

कारबाही सिफारिस भएका कुँवरलाई सशस्त्र प्रहरी नियमावली अनुसार कारबाही हुने बताइए पनि कस्तो कारबाही हुने भन्ने केही खुलाइएको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार