शुक्रवार, आश्विन १६ गते २०८३

सानेपामा कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा पुस अन्तिम साता पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । त्यो कार्यतालिकामा सबैको सहमति रहेको नेताहरूले बताएका छन् ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भन्ने अडान लिँदै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुसमा महाधिवेशन गर्न तयार भएपछि मध्यमार्गी प्रस्तावका रूपमा केन्द्रीय समितिमा पेस गर्न लागिएको हो ।

गत मंसिर ६ गतेदेखि महाधिवेशनको मितिमा कुरा नमिलेपछि कांग्रेस बैठक सर्दै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार