काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना नेताहरू मात्रै नभई जेनजीहरूको पनि पार्टी भएको दाबी गरेका छन् ।
सोमबार विराटनगरमा आयोजना गरिएको कोशी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले पुराना नेताहरू मात्रै नभई जेनजीका नेता र युवाहरूको ठूलो संख्या नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको दाबी गरेका छन् ।
उनले नवगठीत नेकपा पुरानादेखि जेनजीसम्मको पार्टी भएको दाबी गर्दै देशकै सबैभन्दा ठूलो पार्टी बन्ने बाटोमा रहेको समेत बताएका छन् ।
उनले आउने चुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।