आइतवार, श्रावण २४ गते २०८३

नेपालबाट हट्यो ‘दित्वा’ चक्रवातको प्रभाव

मंगलवार , मंसिर १६, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि केही दिन नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित दित्वा चक्रवातको आंशिक प्रभाव परिरहेको थियो। 

मौसम महाशाखाले आज मंगलबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भने हुस्सु लागेको छ।

बुलेटिनअनुसार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार