आइतवार, श्रावण २४ गते २०८३

बाजुरा सदरमुकामको मार्तडी बजारमा आगलागी

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२ः२० बजेतिर आगलागी सुरु भएको हो । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ ।

बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण खुलेको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार