आइतवार, श्रावण २४ गते २०८३

कुशल मल्लको छक्का प्रहारले एनपीएलकी चियर लिडर घाइते

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

घाइते हुनेमा एनपीएलकी चियर लिडर शर्मिला विक रहेकी छन् । विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।

जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार