शुक्रवार, आश्विन १६ गते २०८३

गगन थापाले बोलाए कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक

बुधवार , मंसिर १७, २०८२

काठमाडौँ । १५औँ महाधिवेशनको मिति टुंगो लागेपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएको छ।  समितका संयोजक रहेका महामन्त्री गगन थापाले आज पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा बस्ने गरी बैठक डाकेका हुन्।

सोमबार बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६–२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। 

महामन्त्री थापाको संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ, प्रकाश रसाइली सदस्य छन्।

केन्द्रीय समितिले पारित गरेको महाधिवेशन कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट विवरण केन्द्रमा आइपुग्ने मिति राखिएको छ। कांग्रेसलाई छोटो समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार