आइतवार, श्रावण २४ गते २०८३

ठगी सम्बन्धी कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शाक्यलाई ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानका लागि पक्राउ गरेको हो । ललितपुर महानगरपालिका ३ पुल्चोक बस्ने ६० वर्षीय शाक्यलाई बुधबार भनिमण्डलबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।

प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन समेत जोडिएको कसुरमा शाक्यको पनि संलग्नता देखिएको सीआईबीको दाबी छ । शेरचनसहित ५ जना यसअघि नै उक्त कसुरमा पक्राउ परेका छन् ।

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको आरोप उनीहरुमाथि छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार